सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको समय एक महिना थप



काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० को म्याद एक महिना थपिएको छ ।

असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकले असार २६ गतेदेखि लागु हुनेगरी कार्यदलको समय एक महिना थप गरेको हो । सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कार्यदलको समय एक महिना थपेको बताइन् ।

राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका कार्यदलका संयोजक जयकान्त राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रारम्भिक प्रतिवेदन बुझाउँदै थप दुई महिनाका म्याद थप गर्न आग्रह गरेका थिए । तर सरकारले भने एक महिना मात्रै समय थपेको छ । यता कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन भने सरकारलाई बुझाई सकेको छ ।

कार्यदलले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि तत्कालिन गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने २७ बुँदे सुझाव पेश गरिसकेको छ ।


क्लिकमान्डु