८८ अर्बमा अर्ध जलाशययुक्त बेतन कर्णाली हाइड्रोपावर बन्ने, प्रतिमेगावाट २० करोड रुपैयाँ खर्च



फाइल तस्बिर

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको अछाममा अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भइसकेको छ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले पेश गरेको प्रतिवेदनमा उक्त जलविद्युत आयोजनाबाट ४३९ मेगावाट विजुली उत्पादन हुनेछ । प्रतिवेदनअनुसार सुक्खा याममा ५३६ घनमिटर प्रतिसेकेन्ड र वर्षा समयमा ५५१.३३ घनमिटर प्रतिसेकेन्ड बिजुली उत्पादन हुनेछ ।

प्रतिवेदनमा ९९.१३ मिटर (मुख्य पावरहाउसबाट) र ७८.३ मिटर (वातावरणीय बहावबाट) कुल हेड हुनेछ भने मालुमेलाबाट करिब २ किलोमिटर तल्लो भागमा उचाई र नदी पिँधबाट ९० मिटर र बाँधको आधारबाट १४० मिटरमा हुनेछ ।

उक्त आयोजना ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । जसमा जलविद्युत आयोजनाबाट ३८४ घरपरिवार प्रभाजित हुनेछन् ।

आयोजनाबा लागि ६९१.९९ हेक्टर (९३.११ हेक्टर निजी र बाँकी ५९८.८८ हेक्टर वन क्षेत्र–घाँसे मैदान, रुख र बुट्यानले ढाकिएको र कर्णाली नदी/बगरको क्षेत्रसमेत गरी) क्षेत्रफल आवश्यक पर्नेछ ।

त्यस्तै, ६९१.९९ हेक्टर क्षेत्रफलमध्ये ३००.२१ हेक्टर क्षेत्रफल रुख र बुट्यानले ढाकिएको हुनेछ । प्रतिवेदनअनुसार आयोजना निर्माण गर्नका लागि ८८ अर्ब १८ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

त्यसैगरी, आयोजनाबाट प्रति मेगावाट विजुली उत्पादन गर्न २० करोड ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।


क्लिकमान्डु