४० सिटे सवारीलाई ४५ मा स्तरोन्नति, तोकिएको स्तर ६ महिनाभित्र कायम गर्नुपर्ने



काठमाडौं । सरकारले ४० सिटे सवारी साधनको बस सिट संख्या बढाएको छ । सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली नवौं संशोधन गरी सिट संख्या बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै लगत कट्टा गर्ने कार्यालयले त्यसरी लगत कट्टा गरिएका सवारीको छुट्टै अभिलेख खडा गरी दर्ता कायम रहेका सवारीको अभिलेख प्रत्येक तीन महिनामा अद्यावधिक गर्नुपर्नेछ ।

यसअघिको नियमावलीमा उक्त व्यवस्था थिएन । नियमावलीमा दफा ३ उपनियम (२) बमोजिम सवारीको सरुवा दर्ता गरेकोमा कार्यालयले त्यसको जानकारी साविकमा सवारी दर्ता भइरहेको कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि साविक दर्ताको लगत कट्टा गर्नुपर्ने उल्लेख गरेको छ ।

त्यसैगरी, सरकारले यात्रुवाहक सवारीको स्तर, सञ्चालन अवधि तथा गतिमा संशोधन गरेको छ । राजपत्रअनुसार सीधा बस सेवा (डाइरेक्ट)मा चालकसहित बढीमा ४० सिट संख्या रहेकोमा संशोधन गरेर ४५ सिट बनाइएको छ । त्यस्तै,  बसको भित्री उचाइ ६६ इन्च र छतको क्यारियर बसको कुल लम्बाइको आधा र उचाइ ८ इन्च रहेकोमा भित्री उचाइ ६६ इन्च नै कायम गरिएको छ ।

सरकारले बसको उपयुक्त स्थानमा ढोका, झ्याल वा स्केप ह्याचसहितको संकटकालीन निकासको व्यवस्था गरेको छ । यसअघि बसको उपयुक्त स्थानमा संकटकालीन ढोकाको व्यवस्था गरेको थियो । सरकारले तोकेको स्तर कायम नगरेका यात्रुवाहक सवारीको हहमा यो उपनियम प्रारम्भ भएको मितिले ६ महिनाभित्र तोकेको स्तर कायम गर्नुपर्ने जनाएको छ ।


क्लिकमान्डु