आइएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

आवेदनकले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरेको छ ।

कम्पनीले अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसाका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको हो । जसमा १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


क्लिकमान्डु