सेफ्टी ट्यांकी ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाउने एक जनालाई जरिवाना तिराएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्की ढलमा मिसाएपछि महानगरले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
पछिल्लो समय नियमविपरितका काम गर्नेहरुलाई महानगरले जरिवाना तिराउँदै आएको छ ।