कर्मचारी सञ्चय कोषको नियमित कर्जा किस्ता असार मसान्तसम्म भुक्तानी गर्न ताकेता
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्ना विभिन्न शाखाबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटीलगायतका कर्जा लिएका ऋणीलाई साँवा तथा ब्याज असार मसान्तसम्म तिर्न ताकेता गरेको छ ।
कोषले एक सूचना प्रकाशित गर्दै विभिन्न किसिमका कर्जा उपभोग गरेका ऋणि सञ्चयकर्ताले कोषलाई बुझाउनुपर्ने नियमित किस्ता (साँवा, ब्याज) नतिरेका र भाखा नाघेका ऋणीले कोषलाई तिर्नुपर्ने साँवा र ब्याज रकम असार मसान्तसम्म कोषको खातामा जम्मा गर्न ताकेका गरेको हो ।
कोषले नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई कोषले तोकेबमोजिमको ब्याज छुट दिने पनि व्यवस्था रहेको समेत जनाएको छ । कोषले कर्जा नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष, कर्जा असुली विनियम २०७९ बमोजिम असुली प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।