आयआर्जनका लागि सुनचाँदीका गहनामा पोते र मोतीमाला उन्ने तालिम



काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले सुनचाँदीका गहनामा पोते, क्रिस्टल, मोतीमालालगायत उन्ने तालिम आरम्भ गरेको छ । सुनचाँदीका मंगलसुत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहार आदि गरगहनामा पोते, क्रिस्टल, मोतीमालालगायत उन्ने तालिम सञ्चालन गरिएको हो ।

तालिमको असार २२ गते सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आरम्भ गरेका छन् । कार्यक्रमको शुभारम्भमा अध्यक्ष शाक्यले गरगहनामा पोते, क्रिस्टल, मोतीमाला उन्ने सीपका साथै आयआर्जनको अवसरका लागि प्रशिक्षण सुरु गरिएको बताए ।

संघले नि:शुल्क प्रदान गरेको १० दिने तालिम कार्यक्रममा १३ जना महिला र १ पुरुष सहभागी छन् । सीपमूलक तालिम प्रदान गर्ने कार्यलाई आवश्यकताअनुसार निरन्तरता दिइने संयोजक लेखरत्न शाक्यले जानकारी दिए ।


क्लिकमान्डु