सन नेपाल लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन हुनेछ ।

प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ९ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्ने छ । कम्पनीले साउन १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । यसमा साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु