घोराही सिमेन्टमा दिएको आवेदन आइतबारसम्म फिर्ता लिन सकिने, स्थगन रहेको आईपीओ बिक्री पुनः सुरु




काठमाडौं । घोराही सिमेन्टले स्थगन भएको साधारण सेयरको सार्वजनिक निष्कासन तथा पुनः बिक्री सुरु गरेको छ ।

फर्जी आवेदन परेपछि असार ४ गतेबाट स्थगन रहेको सेयर पुनः आजदेखि खुला गरेको छ । धितोपत्र बोर्डले आईपीओ पुनः बिक्री गर्न तीन दिनको समय दिएको थियो । तर, कम्पनीले बठ्याइ गरेर २ दिनको मात्रै समय दिएको छ ।

आवेदकले आवेदन दिन चाहेको खण्डमा आईतबारसम्म पु्न आवेदन दिन पाइने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले शनिबारलाई पनि कार्यदिन मानेर तीन दिन भन्दै आइतबारसम्म आवेदन दिन पाउने सूचना निकालेको छ ।

बिक्री प्रबन्धकका अनुसार निष्कासन प्रकृया छिटोमा २४ गते र ढिलोमा असार ३१ गतेसम्म कायम रहेन छ । माग बमोजिम सेयर परेमा त्यो भन्दा अघि नै निष्कासन बन्द हुने जनाएको छ ।

यस्तै यसअघि आवेदन दिएका आवेदकले सेयर संख्या थप घट वा आवेदन फिर्ता लिन चाहेमा आजदेखि २४ गते आइतबार बैंकिङ समयसम्म पाइने छ । त्यसका लागि आफुले सेयर भरेको बैंक तथा वित्तीय संस्थामा गएर लिखित आवेदन दिन सकिने छ ।


क्लिकमान्डु