सेयर बजार स्थिर, ९० कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । निकै उतार चढाबका बिच बजार ०.०६ अंकले घटेर परिसूचक २०४९.३८ बिन्दुमा रोकिएको छ ।

यो दिन २८० कम्पनीको ९७ लाख ५१ हजार ९८५ कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा सामान्य गिरवाट आउँदा ९० कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३.६१, वित्त १.४९, माइक्रोफाइनान्स ७.८९, निर्जीबन बिमा २२.८८, अन्य समूहको ५.५५ अंकले घटेको छ ।

यस्तै विकास बैंक ८.०५, होटल ८०.५०, जलविद्युत २१.७७, जीवन बिमा १०.९४, माइक्रोफाइनान्स ३१.७८ अंकले बढेको छ ।
कारोबारमा सिटी होटल, रावा इनर्जी डेभलपमेन्ट, अप्पर तामाकोशीको सेयर मूल्य सकारात्मक सर्किट तहमा कारोबार भएको छ । मोदी इनर्जीको कारोबारमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा १८ करोड ५६ लाख ४२ हजार १२१ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु बैंकको संस्थापक सेयर र हिमालयन लाइफ रहेको छ ।


क्लिकमान्डु