प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा संसदमा हंगामा, राजीनामा माग



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर संसदमा हंगामा भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन व्यापारी प्रितम सिंह सक्रिय भूमिका खेलको भन्ने अभिव्यक्तिको आलोचना गर्दै विपक्षीले संसदमा नाराबाजी गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरे । विपक्षीको अवरोधपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।


क्लिकमान्डु