नेप्से सूचक दोहोरो अङ्कले बढ्यो



काठमाडौं । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२.७३ अङ्कले बढेर २०८८.७० अङ्कमा कायम भएको हो ।

आज विभिन्न २ सय ८२ कम्पनीका ६४ लाख ५० हजार ९ सय ३४ कित्ता शेयर ४६ हजार ७ सय ३१ पटक खरिदबिक्री हुँदा २ अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ ।

नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ । बैंकिङ समूह १०.०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा ९ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको रू १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ ।


क्लिकमान्डु