इन्धनको मूल्य घटेपछि हवाई भाडा घट्यो, कहाँको कति ?



काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाइ भाडा घटाएको छ ।

निगमले सोमबार साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिकिलो लिटर ११५ अमेरिकी डलर (प्रतिलिटर करिब १५ रुपैयाँ) ले घटाएको छ ।

यससँगै प्राधिकरणले हवाइ भाडा घटाएको हो ।

प्राधिकरणका अनुसार यसअघि ४ हजार ५०५ रुपैयाँ भाडा रहेको काठमाडौं भद्रपुर उडानका लागि अब ४ हजार ६६५ रुपैयाँ लाग्ने छ । त्यस्तै यसअघि २ हजार ३८० रुपैयाँ रहेको काठमाडौं पोखराको नयाँ भाडा २ हजार १५५ रुपैयाँ तोकिएको छ ।

कुन रुटको हवाइ भाडा कति ?


क्लिकमान्डु