भिसिटीएसमा दर्ता गरेर मात्रै सामान ओसार पसार गर्न राजस्व अनुसन्धान विभागको ताकेता



काठमाडौ । राजस्व अनुसन्धान विभागले व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनलाई भेहिकल एण्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटीएस) मा दर्ता गरेर मात्रै सामान ओसार पसार गर्न ताकेता गरेको छ ।

भिसिटीएस प्रणालीमा दर्ता नगरी समान ओसार पसार गरे प्रचलित कानून बमोजिम कारवाही गर्ने विभागले जनाएको छ ।

भिसिटीएस अनुगमन प्रणालीको सफ्ट्वेयर तयार गरी २०७६ साउन १ गतेबाट संचालनमा रहेको जनाएको छ । एक स्थानबाट अर्को स्थानसम्म व्यावसायिक प्रयोजनका मालवस्तु ढुवानी गर्दा भन्सार विन्दुबाट आयात भएको मालवस्तुको हकमा प्रज्ञापनपत्र र स्थानिय मालवस्तुको ढुवानी भएको मालवस्तुको विलबिजक र मौज्दात स्थानान्तरणको हकमा चलान संलग्न गरी भिसिटीएसमा अनिवार्य रुपमा प्रविष्ट गरेर मात्र सामान ओसार पसार गर्न ताकेता गरेको छ ।


क्लिकमान्डु