रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने, प्रतिकित्ता कति ?



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यका सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थप गरेर २५७ रुपैयाँका दरले सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । त्यसपछि सर्वसाधारणलाई सेयर निष्कासन गर्ने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । विदेशमा रहेका नेपालीले प्रतिकित्ता २५७ रुपैयाँका दरले आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।


क्लिकमान्डु