थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, २ जना बने भाग्यमानी



काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीको सेयर बाँडफाँट भएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको हो ।

आईपीओमा आवेदन दिनेमध्ये ६१ हजार ३१६ जना आवेदकले सेयर हात पारेका छन् । जसमा २ जना आवेदकले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार आईपीओमा आवेदन दिएका १० लाख २४ हजार ४६ जनामध्ये २ हजार ८४८ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार ५ देखि ८ गतेसम्म ६ लाख १३ हजार १६२ कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो ।

७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको थियो । १४ हजार ७७५ कित्ता कम्पनीका कर्मचारी र ३६ हजार ९३८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।

आईपीओ परे नपरेको बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट, निष्कासन कम्पनी थ्रीस्टार हाइड्रोपावरको वेबसाइट, मेरो सेयर एकाउन्ट र सीडीएससीले आईपीओ नतिजा थाहा पाउन बनाएको वेबसाइट हेर्न सकिन्छ ।


क्लिकमान्डु