सेयर बजारमा दोहोरो अंकको गिरावट, १७४ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा निकै उतार चढाव देखिएको बजार अन्तिम समयमा २१.३२ अंकले घटेर परिसूचक २०७५.९७ बिन्दुमा रोकिएको छ । २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा बैंकिङ १२.५५, विकास बैंक ३२.९१, वित्त ९.७७, जलविद्युत ३२.८६, जीवन बिमा २३०.१८, उत्पादन तथा प्रशोधन ६२.५८, माइक्रोफाइनान्स ५१.५४, निर्जीबन बीमा ८६.५०, अन्य समूहको १७.५१ अंकले घटेको छ । कारोबारमा ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७४ कम्पनीको सेयर मूल्य घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा सिवाईसी नेपाल लघुवित्त र बीपीडब्लू लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार ७८५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सोल्टि होटल र नागरिक लगानी कोष रहेका छन् ।


क्लिकमान्डु