आइएमई लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो । रोजगारीका लागि विदेशमा रहेका नेपालीले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने छ ।
कम्पनीले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरले १२ लाख कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिनुपर्ने छ ।
आईपीओमा मेरो सेयर तथा सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।