मैदा बेच्ने एसआर फुड्सले ९ महिनामा गर्‍‍यो ८९ करोडको व्यापार



काठमाडौं । मैदा बेच्ने एसआर फुड्स प्रालिले ९ महिनाको अवधिमा ८९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८९ करोड रुपैयाँको व्यापार गरेको हो ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ७९ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ८० करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा ६४ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो।

कम्पनीले ९ महिनाको अवधिमा १४.९ प्रतिशत नाफा कमाएको छ ।

कम्पनीअनुसार पछिल्लो ५ वर्षमा कम्पनीको व्यापार निरन्तर ९.६ प्रतिशतले बढेको उल्लेख छ । साथै, सन् २०२२ मा १८ प्रतिशतले बढेको जनाएको छ ।

सन् २०१२ मा स्थापना भएको कम्पनीले गहुँ प्रशोधन गरी पिठो, रिफाइन गहुँको पिठो, स्टोन मिल होल गहुँको पिठो, सेमोलिना र ब्रान उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीमा सबैभन्दा बढी हिस्सा सिताराम उप्रेतीको हिस्सा छ । कम्पनीको अध्यक्षसमेत रहेका उप्रेतीको ३० प्रतिशत र अन्य ५ जनाको स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५८ करोड ४६ लाख रुपैयाँको रेटिङ गराएको छ।


क्लिकमान्डु