चेक बाउन्सबारे सिटिजन्स बैंकको सारक्षरता अभियान



काठमाडौं । सिटिजन्स बैंक लिमिडेटले डिजिटल साक्षरतालाई बढाउनका लागि भिडियो सामग्री सार्वजनिक गरेको छ ।

चेक बाउन्सको विषयमा साक्षरता फैलाउनले उद्देश्य सहित यो भिडियो सामग्री सार्वजनिक गरेको छ । उक्त भिडियोमा चेक बाउन्स कस्तो अवस्थामा हुन्छ, बाउन्स भएमा के कस्ता सजाय हुन सक्छन् जस्ता विषयहरु समेटिएका छन् ।

बैंकले सार्वजनिक गरेको भिडियोमा एक परिवार अर्को परिवारसँग विवाहको प्रस्ताव पुगेदेखि सुरुवात हुन्छ । तर, केटी पक्षकी अभिभावक प्रहरी हुन्छिन्, जसको भेट पहिले नै केटाका बुबासँग भएको हुन्छ । र, उनले आफूले ऋण लिएको व्यक्तिलाई समयमा नै पैसा नदिएर खातामा रकम नै नभएको बैंकको चेक दिएका हुन्छन् । तत्तपश्चात बैंकमा रकम नै नभएको खाताको चेक दिँदा के हुन्छ, बाउन्स भएपछि के कस्ता सजाय हुन्छन् भन्ने जस्ता विषयलाई यो भिडियो सामग्रीमा समेटिएको छ । प्रहरीले सम्झाएपछि भने ऋण लिने व्यक्तिले पैसा समयमा नै तिरेको देखाइएको छ ।

भिडियो सामग्रीमा पैसा नभएको खाताबाट चेक काटेर दिँदा खाता ब्लक हुने र ब्ल्याक लिस्टमा पर्ने भन्ने सोच धेरैमा हुने कुरालाई पनि प्रस्तुत गरिएको छ । उक्त भिडियोमा पात्रले पनि सोही किसिमले सोच्ने गरेको हुन्छन् । तर, त्यत्ति मात्र नभएर कसैले दिएको चेक साटिएन र तीन तीन दिनको फरकमा तीन पटक चेक बाउन्स भएमा चेक अनादरको मुद्दा लाग्ने विषयलाई भिडियोमा समेटिएको छ । यस्तो कुरा प्रमाणित भएमा बैंकिङ कसुर ऐन २०६४ अनुसार विगो खुलेकोमा विगो भराई र त्यो अनुसार जरिवाना र कैद हुने भन्ने विषयलाई पनि साक्षरताको रुपमा भिडियोमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु