प्रभु महालक्ष्मी लाइफले साउन १ गतेबाट १५ बिमा योजना ल्याउने



काठमाडौ । मर्जरपछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १५ वटा बिमा योजना ९प्रोडक्ट० ल्याउने भएको छ ।

प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स मर्ज भएर असार भित्रै एकीकृत कारोबार गर्ने तयारीमा रहेका छन् ।

एकिकृत कारोबार पछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स” साउन १ गतेदेखि बजारमा बिक्रीको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट) छनोट गरेको जनाएको छ । ती योजनाहरु नेपाल बिमा प्राधिकरणबाट एकिकृत कारोबारपछि प्रचलनमा ल्याउन स्वीकृति समेत लिएको जनाएको छ ।

नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी १५ वटा योजना प्रचलनमा ल्याउने भएको जनाएको छ ।

स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जिबन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको जानकारी गराउन चाहन्छौँ ।


क्लिकमान्डु