काठमाडौं महानगरद्वारा फोहोर व्यवस्थापनका लागि ८७ करोड ९३ लाख बिनियोजन



काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रमका लागि ८७ करोड ९३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षविभत्र फोहोरमैला व्यवस्थापनको उपयुक्त विधि र प्रणाली सहितको कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । त्यस्तै, सरसफाई कार्यमा प्रयोग हुने सवारी साधन तथा यन्त्र उपकरणको उपलब्धतामा कमि नहुने व्वस्था गर्न तथा त्यस्ता सवारी र उपकरणको खरिका लागि २७ करोड रकम बिनियोजन गरेको डंगोलले बताइन ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका नदीहरुको नियमित सरसफाई गरि नदी किनार क्षेत्रलाई समेत संरक्षण गर्न ७ करोड रुपैयाँ बिनियोजन गरेर कार्यक्रम सञ्चालन गर्ने डंगोलले बताइन् । सँगै वायु प्रदुषण, ध्वनी प्रदुषणलगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान पनि गरिने बजेटमा व्यवस्था गरिएको छ ।

महानगरले आगामी आव २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।


क्लिकमान्डु