मर्ज तथा एक्विजिशन, एफपिओमा कर लाग्ने बिषय परिवर्तन गर्न सक्दिन: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्था मर्ज तथा एक्विजिशन, एफपिओमा कर लाग्ने बिषयमा पुरानो व्यवस्था भएको र यसमा आफूले कुनै हालतमा परिवर्तन गर्न नसक्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघको २० औ बार्षिक साधारणसभामा उनल यस्तो बताएका हुन् ।
मन्त्री महतले कर लाग्ने वा नलाग्ने ब्याख्यामा महालेखाले लाग्छ भनेपछि आफुले केही गर्न नसक्ने बताए ।
अदालतले मात्रै कर लाग्ने वा नलाग्ने व्याख्या गर्न सक्ने उनले बताए ।
निजी क्षेत्रले २ तहको संरक्षण मागेको भएपनि १ तहको दिएको उनले बताए।
बजेटमा आएको व्यवस्थाले व्यापार गरिरहेको व्यापारी बेखुसी नभएको उनको दाबी थियो ।
देश समृद्धितर्फ जान ब्यापारमा सुधार आवश्यक ठानेको र सुधारको पहिलो स्टेप चालेको उनल बताए । आव २०८१।८२ का लागि बजेट ल्याउन नयाँ दिशाबाट जान अध्यययन सुरु गर्ने बताए ।
यो बर्ष कर नबढाएको उनले दाबी गरे । अहिलेको कर प्रस्तावमा करको दायरा, भ्याटको छुटको शुचि बढनेक्रम रोकेको उल्लेख गरे । कतिपयले अहिले भ्याट नलगान आग्रह गरेको, नयाँ सिस्टममा जान नचाहेको भन्दै त्यसको बिकल्प नभएको बताए ।
अर्थतन्त्र चलायमान बनाउने काममा सरकारले काम सुरु गरेको दाबि गरे । साधारण खर्च बढ्दै गएपनि प्रशासनिक खर्च कम गरेको बताए ।
यो बर्षबाट ब्याज तिर्ने बबाद बढेको र त्यसको असर पुजिगत खर्चमा दबबा परेको उनको भनाइ छ ।