मेक इन नेपाल अभियानले ३ खर्बको कारोबार, १५ हजार बढीलाई प्रत्यक्ष रोजगारी: अग्रवाल
काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले मेक ईन नेपाल स्वेदेशी अभियान सञ्चालन भएयता करिब ३ खर्बको कारोबार गरिरहेको र १५ हजारभन्दा बढीलाई प्रत्यक्ष र ५० हजारलाई परोक्ष रोजगारी दिएको बताएका छन् । यसमा ११४ स्वदेशी कम्पनी आबद्ध भएको उनले बताए ।
शुक्रबार नेपाल उद्योग परिसंघको २० औं बार्षिक साधारणसभा अग्रवालले परिसंघमा आबद्ध १७ वटा उद्योगले १ हजारलाई रोजगारी उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको जानकारी दिए ।
चालु आवको बजेटमा निजी क्षेत्र, लगानी प्रबर्द्धन, औद्योगिक विकास, भौतिक पूर्वाधार लगायतका विषय निकै निरासाजनक रहेको उनले बताए । निजी क्षेत्रसँग सम्बन्धित ६३ वटा बुँदामा जेठ मसान्तसम्म १६ प्रतिशत मात्रै पूर्ण कार्यान्वयन भएको, ३५ प्रतिशत आंशिक कार्यान्वयन र बाँकी ४८ प्रतिशतमा कुनै प्रगति नभएको उनले स्मरण गराए।
सरकारले आगामी आवको बजेटमा वनस्पति घ्यू तेलको कच्चा पदार्थको आयातमा सहुलियत १ प्रतिशत भन्सार लाग्दै आएकोमा १० प्रतिशत भन्सार बनाइएको भन्दै यसलाई तत्काल सच्याउन उनले आग्रह गरे । यसलाई १ प्रतिशत नै कायम गर्न आग्रह गरे । यसले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार दर फरक नहुँदा २५ अर्बभन्दा बढी लगानी रहेको करिब ३ दर्जन उद्योग धरासायी बन्ने दाबी गरे ।
बजेटबाट पुँजी वृद्धिका लागि नियामकिय निकायको निर्देशन बमोजिम जारी भएको एफपिओ, मर्जर तथा एक्विजिशनमा विगत देखिको कारोबार आकर्षित हुने गरि कर लगाउने प्रावधान अव्यबहारिक भएको अग्रवालले बताए । यो निर्णय नसच्याउने हो भने व्यबसायी निरुत्साहित हुने उनको भनाइ छ ।