बालेनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकारले दिइन् राजीनामा



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको सल्लाहकार रहेको रेशु अर्यालले शाहको कार्यशैलीमा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी छन् । अर्याल मेयरको शिक्षा सल्लाहकार थिइन् ।

सामाजिक सञ्जालमार्फत अर्यालले आफूले काठमाडौं महानगरको शिक्षा सल्लाहकारको पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन् । हालै भएका शिक्षासम्बन्धी काम, निर्णय लिने दृष्णिकोण र महानगरका मेयर बालेन्द्र शाह (बालेन)को प्रत्यक्ष निर्देशनमा हुने निर्णयहरु आफ्नो मूल्यमान्यता विरुद्ध रहेले राजीनामा दिएको उनले उल्लेख गरेकी छन् ।

‘हालैका केही कार्यहरु, निर्णय लिने दृष्टिकोण र उहाँको (बालेनको) प्रत्यक्ष निर्देशनमा गरिएका निर्णयहरु मेरो मूल्यमान्यता विरुद्धमा भएका छन् र स्थार्थको द्वन्द्वको स्थिति सिजृना गरेको छ । त्यसैले मैले उहाँको सल्लाहकारको रुपमा रहेको पदबाट राजीनामा दिएकी छु ।’

अर्यालले आफू महानगरको नागरिक र मतदाताको हैसियतले सधै परामर्शमूलक लोकतान्त्रिक अभ्यासको पक्षमा रहेको उल्लेख गरेकी छन् ।

‘निर्णयहरु घोषणा गर्नुअघि र एक स्वस्थ्य, लोकतान्त्रि र दयालु समाज निर्माण गर्न, जहाँ मान्छे क्रासले शासित हुँदेनन, अनुसन्धान, स्थानीय सरकारको सिमिततालगायतले महत्व राख्छ’ उनले भनेकी छन् ।

१० महिना अघि शिक्षा सल्लाहकार रुपमा नियुक्त भएकी उनले आगामी दिनमा पनि आफूले विगत १० वर्षदेखि गर्दै आएको सार्वजनिक शिक्षा सुधार र उदारवादी लोकतान्त्रिकको विषयलाई निरन्तरता दिने पनि बताएकी छिन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले छात्रवृत्तिको विवरण उपलब्ध गराउन निजी विद्यालयलाई आग्रह गरेका थिए । जेठ अन्तिमसम्म सबै निजी विद्यालयलाई नियमअनुसार छात्रवृत्ति बुझाएको विवरण पेस गर्न भनिए पनि कतिपय विद्यालयले पेस नगरेको भन्दै मेयर शाहले मंगलबार उनीहरुलाई एक पटकका लागि एक लाख रुपैयाँ जरिवाना तिराएर विवरण बुझाउन समय दिएका छन् ।


क्लिकमान्डु