सर्तसहित कृषि बिमाको पोसिली बिक्री सुरु, असार मसान्तमा ३ अर्ब नपाए पुनः रोक्ने



काठमाडौं । नेपाल बीमक संघले सर्तसहित कृषि बिमाको पोलिसी बिक्री सुरु गरेको छ ।

सरकारले २०७७ सालदेखि ३ अर्ब अनुदान नदिएको भन्दै पोलिसी बिक्री गर्न रोकेको थियो । सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशूल्कमा क्रमशः अनुदान दिँदै आएकोमा २०७७ सालदेखि कृषि बीमाको अनुदान करिब ३ अर्ब बाँकी रहेको र बीमकहरुले अनुदान रकम पाउन बारम्बार पहल गर्दा समेत विभिन्न बहानामा अनुदान रोकिदा जेठ ७ गतेदेखि कृषि सम्बन्धी बीमालेख जारी गर्न बन्द गरिएको थियो । मंगलबारदेखि भने खुला भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केही आंंशिक रकम उपलब्ध गराई जेठ ३० गते बसेको बैठकले अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्घता जनाएको छ । त्यही अनुसार असार मसान्तसम्मका लागि खुला गरिएको छ ।

उक्त समय भित्र अनुदान रकम प्राप्त नभएमा पुनःबीमालेख बन्द गरिने समेत संघले जनाएको छ । मन्त्रालय अन्तर्गतका विभागहरु तथा नेपाल बीमा प्राधिकरणलाई कृषि बीमा वापतको अनुदान तत्काल उपलब्ध गराउन सहजता अपनाई पहल गरि दिन समेत अनुरोध गरेको छ ।


क्लिकमान्डु