थ्रीस्टार हाइड्रोपावरको आईपीओ निष्कासन,कहिलेसम्म कति दिने आवेदन ?
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले निष्कासन गरेको १२ करोड ३१ लाख २५ हजार रुपैयाँको आईपीओमा ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनिले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानीका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ । आईपीओमा १० देखि ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।
सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।