आर्थिक संकुचनका बीच बालेनको सफलता, काठमाडौं महानगरले लक्ष्यभन्दा बढी राजस्व उठाउने



काठमाडौं । काठमाडौैं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा लक्ष्यको ८०.२० प्रतिशत राजस्व संकलन गरेको छ ।

महानगरले आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकामा असार ३ गतेसम्म ८ अर्ब ३५ करोड ६२ लाख ६० हजार १४६ रुपैयाँ अर्थात ८०.२० प्रतिशत उठाएको छ ।

यस्तै महानगरले असार ३ गतेसम्म आन्तरिक आय लक्ष्यको ९९.०२ प्रतिशत, बाँडफाँडबाट ४६.४१ र आन्तरिक अनुदान (समानीकरण र सशर्त)बाट लक्ष्यको ९१.३७ प्रतिशत राजस्व उठाएको महानगरको राजस्व विभागले जनाएको छ ।
महानगरले आन्तरिक आयतर्फको राजस्व लक्ष्य भन्दा बढी उठाउने देखिएको छ । आर्थिक वर्ष सकिन २९ दिन बाँकी रहँदा नै लक्ष्यको ९९.०२ प्रतिशत आन्तरिक आय तर्फको राजस्व संकलन गरेको हो । चालु आवमा देखिएकाे आर्थिक स‌‌कुचनकाबिच पनि महानगरले उठाउने राजस्व भने बढेकाे छ ।

महानगरले चालु आवको बजेट विनियोजन गर्दा आन्तरिक आयतर्फ ४ अर्ब ८५ करोड १ लाख रुपैयाँ उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ८० करोड २३ लाख ८६ हजार ९०५ रुपैयाँ अर्थात लक्ष्यको ९९.०२ प्रतिशत उठाएको छ ।

बाँडफाँडबाट ३ अर्ब ४१ करोड ३७ लाख ७३ हजार रुपैयाँ राजस्व पाउने लक्ष्य राखेकामा १ अर्ब ५८ करोड ४२ लाख ६५ हजार ५९६ रुपैयाँ अर्थात लक्ष्यको ४६.४१ प्रतिशत पाएको छ ।

यस्तै आन्तरिक अनुदान (समानीकरण र सशर्त) बाट १ अर्ब ९६ करोड ९६ लाख ७ हजार ६४५ रुपैयाँ अर्थात लक्ष्यको ९१.३७ प्रतिशत पाएको छ ।

महानगरपालिकाले विभिन्न १६ शिर्षकमा आयकर उठाउने गरेकोमा छ । जसमा सम्पत्ति कर बापत ४८ लाख १४ हजा ९१ रुपैयाँ, भूमिकर-मालपोत १६ हजार ३१५ रुपैयाँ, घरबहाल कर ९७ लाख ४४ हजार २६१ रुपैयाँ, अन्य व्यक्तिगत आन्तरिक अनुदान १ लाख ८५ हजार ४४५ रुपैयाँ, पर्यटन शुल्क २ लाख ८० हजार ५००, अन्य सेवा शुल्क ६ लाख ८० हजार ८१९ रुपैयाँ, न्यायिक शुल्क ६०० रुपैयाँ लिएको छ ।

यस्तै शिक्षा क्षेत्रको आम्दानी २ हजार, नक्सापास दस्तुर ३५ लाख ६९ हजा ८३३ रुपैयाँ, सिफारिश दस्तुर २ लाख ४९ हजार ६०९ रुपैयाँ, व्यक्तिगत घटना दर्ता जस्तुर ४ हजार ७००, नाता प्रमाणित दस्तुर २१ हजार ७००, व्यवसाय रजिष्ट्रशन दस्तुर १४ लाख २० हजार, प्रशासनिक दण्ड जरिवाना र जफत शिर्षकमा ६३ हजार ५००, बाँडफाँड भई प्राप्त हुने मूल्य अभिवृद्धि कर २ करोड ५२ लाख ७३ हजार २५५ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क १९५ रुपैयाँ प्राप्त गरेको छ ।


क्लिकमान्डु