काठमाडौंका हलमा भोलिदेखि हिन्दी फिल्म नचल्ने, जबरजस्ती गरे हल बन्द



काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्र रहेका १७ फिल्म हलहरुमा हिन्दी फिल्म चल्न नदिने भएको छ ।

महानगरका मेयर बालेन्द्र शाहको सचिवालयकाअनुसार सोमबारबाट महानगरभित्रका १७ हलहरुमा हिन्दी फिल्म चल्न पाउने छैनन ।

महानगरका मेयर शाहले केही दिनअघि भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको एक डायलगको विषयलाई लिएर तीन दिन भित्र हटाउन र नहटाएमा काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने अल्टिमेटम दिएका थिए । आइतबार दिन दिन सकिएको छ । तर, नेपाल बाहिर फिल्मको प्रदर्शनका उक्त डायलगलाई जस्ताको त्यस्तै राखिएको छ ।

‘जानकी भारतकी छोरी हुन्’ भन्ने उक्न डायलग महानगरले दिएको समयमा नहटाएपछि काठमाडौंभित्रका हलहरुमा हिन्दी फिल्म चल्न नदिने भएको हो ।

‘तीन दिनका लागि दिएको अल्टीमेटम सकियो,’ महानगरका मेयर शाहको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने, ‘त्यो अनुसार संवाद हटाइएन । डायलग नहटेपछि हलहरुलाई आज सूचना दिएर भोलीबाट हिन्दी फिल्म नचलाउन सूचना दिनेछ । र भोली जबरजस्ती चलाएमा हललाई नै बन्द गरिनेछ ।’

उनकाअनुसार भ्रामक तथ्य स्थापित गर्न खाज्दै फिल्ममा डालयग राखिनुले इतिहासनै मोड्न खोजेको महानगरको ठहर छ । जसकारण महानगरले दिएको तीन दिने अल्टीमेटमलाई नमानेपछि भोलीबाट कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिइने भएको हो । उनले भने, ‘जबसम्म यो फिल्म (आदिपुरुष)मा भएको डायलग हटदैंन, तबसम्म हिन्दी फिल्म चल्न दिइने छैन ।’


क्लिकमान्डु