प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता



काठमाडौं । प्रभु बैंक र नाथन एसोसिटिज लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता भएको छ ।

नाथन एसोसिटिज लन्डनका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन आइआइएनका तर्फबाट नाथन एसोसिटिज लन्डनका नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र आइआइएनको संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर इन्भायरमेन्त सोसल एन्ड गभर्नेन्स (ईएसजी) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।


क्लिकमान्डु