देश विकासको प्रमुख आधार ऊर्जा: इप्पान अध्यक्ष आचार्य



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले देश विकासको प्रमुख आधार उर्जा भएको बताएका छन् । इप्पानको २१ औं वार्षिक उत्सवका अवसरमा उनले यस्तो बताएका हुन् ।

उर्जाको क्षेत्रमा निजी क्षेत्रले फड्को मारेको उनले बताए । १० हजार मेगावाटको पीपीए भएको र २५ हजार मेगावाट विद्युतको पहिचान भइ सकेको उनले बताए ।

अब औद्योगिक क्षेत्रमा खपत बढाउन, अन्तरदेशीय ट्रान्समिसन लाइन बनाउन तिब्रताका साथ सरकार लाग्नु पर्ने बताए । निजी क्षेत्र जति पनि विद्युत उत्पादन गर्न सक्षम रहेको भन्दै उनले स्वेदेशी लगानीकर्तालाई खुला दिलले लगानी गर्ने वातावरण बनाउनु पर्ने बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको सम्झौताले इप्पान निकै उत्साहित भएको उनले बताए ।

सुरुमा ४० मेगावाट विद्युत भारत जादा यो क्रम बढ्ला र भनेर प्रश्न हुने गरेको भन्दै त्यो बढेर ४०० पुगेको र अब बढेर १० हजार र त्योभन्दा पनि बढने बताए । त्यसका लागि सरकारले अन्तरदेशीय प्रशारणा लाइन बनाउनुपर्ने उनको भनाइ छ ।

राज्यले विद्युत बिक्री गर्नुका साथै आन्तरिक उपभोगमा ध्यान दिनुपर्ने सुझाव दिए ।

कार्यक्रममा फरक प्रसंगमा उनले २ वर्षअघि विधान संशोधन भएको र त्यो बेला गुनासो नगर्नेहरुले अहिले गुनासो बढेको भन्दै यो सबैको साझा संस्था बनाउन आवश्यक रहेको बताए ।

कसैको गुनासो रहेको छ भने त्यो समाधान गरेर अघि बढ्न सुझाए ।


क्लिकमान्डु