सिन्धुपाल्चोकमा बाघको आक्रमणबाट एकै खोरमा रहेका ९ बाख्रा मरे



काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा बाघको आतंकले स्थानीय त्रसित भएका छन्।

गाउँपालिकाको वडा नम्बर ५ स्थित धुसेनीमा बाघले खोर भत्काएर १० वटा बाख्रा मारेको छ।

इन्द्रावती गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले वडामा बाघको विगबिगी बढेको बताए ।

बुधबार राति उक्त वडामा चमेली विकको कटेरोमा ढुंगाको गारो भत्काएर बाख्रा बाँधिएको गोठमा पसेर बाघले ९ वटा बाख्रा मारेको उनले जानकारी दिए । त्यस्तै रामकृष्ण विकको बाख्रा खोरमा पसेर बाघले एउटा बाख्रा मारेको उनले जानकारी दिए ।

गाउँका किशान र विशेष गरि दलित समुदायको जीविकोपार्जनको माध्यम रहेको पशुपालन व्यवसाय बाघको आतंकका कारण संकटमा पर्न सक्ने देखिएको भन्दै अध्यक्ष आचार्यले खोर/गोठलाई बन्दिलो बनाइ पशु चौपायालाई सुरक्षित गर्न आग्रह गरे ।


क्लिकमान्डु