स्थानीयले नकिनेको थपेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले घोराही सिमेन्टको आईपीओ निष्कासन
काठमाडौ । घोराही सिमेन्ट कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले अकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो । कम्पनीले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।
कम्पनीले उद्योग प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरिसकेको छ । स्थानीयले नकिनेको सेयर थपेर सर्वसाधारणलाई सेयर निष्कासन गरेको छ ।
आईपीओमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेको छ ।