हिमालयन रिइन्स्योरेन्सको नाफा २९.५२ प्रतिशतले बढ्यो



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको नाफा बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा २९.५२ प्रतिशतले बढे ले बढेर २५ करोड ४४ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १९ करोड ६४ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीले ३ अर्ब ३८ करोड ४६ लाख २४ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोही अवधिमा ४७ करोड ४९ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

७ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३८ करोड ५८ लाख ३१ हजार रहेको छ । कम्पनीको महाविपत्ती कोषमा १ करोड ५० लाख ५९ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म कम्पनीले २४ करोड ७२ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रकम ६२ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ ।


क्लिकमान्डु