प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन चयन भएकी छिन् ।

भट्टचन जेठ २६ गते अध्यक्षमा चयन भएकी हुन् । जेठ २६ गते सम्पन्न कम्पनीको साधारणसभाले संस्थापक शेयरधनीहरुको तर्फबाट अध्यक्ष भट्टचनसहित चार जना सञ्चालक निर्वाचित गरेको छ । अध्यक्ष भट्टचनका साथै सदस्यहरु सुशान शेचरन, मिजास भट्टचन र श्याम कृष्ण श्रेष्ठ रहेका छन् ।

उनी देवीप्रकाश भट्टचनको छोरी हुन् । शिक्षा यस अघि प्रभु इन्स्योरेन्सको सञ्चालक समितिको सदस्य थिइन् ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाँदैछन् । नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति पाएका यी कम्पनीले मर्जरपछी असार मसान्तभित्र एकिकृत कारोबार शुरु गर्ने तयारी गरेको बताइएको छ ।


क्लिकमान्डु