असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने



काठमाडौं । सडक विभागले असार १ देखि भदाैं मसान्तसम्म वर्षायाम हुने भएकाले सडक खन्न स्वीकृति नदिने भएको छ । 

विभागअन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना प्रकाशित गर्दै वर्षायाममा सडक खन्न स्वीकृति नदिइने जनाएको हो । कार्यालयले सबै सडक डिभिजन कार्यालयअन्तर्गतका सडकहरू असार १ देखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको हो ।

कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रने भन्दै असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिइने जनाएको हो ।

स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।


क्लिकमान्डु