कार्यान्वयन भए परिणाम दिन्छ: बडू



काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पुँजिगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए ।

बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको उल्लेख गर्नुभयो । उहाँले सो अनुरुपको कार्यनीति र कार्ययोजना पनि ल्याएको भन्दै प्रशंसा गरे ।

उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे ।

दोहोरो कार्यक्षेत्र परेका निकायहरुलाई कटौती गर्नु पनि राम्रो भएको उनले बताए । बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास बडूले व्यक्त गरे ।


क्लिकमान्डु