सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ सय ५ सय रुपैयाँ कायम भएको थियो । बुधबार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु