बजेटमा हामीहरुको सुझाव समावेश भएको छ: चन्द्र ढकाल
काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिलेको बजेटमा आफूहरुको सुझाव समावेश भएको बताएका छन् ।
इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन) ले सोमबार आयोजना गरेको बजेटसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष ढकालले बजेट भाषण सुनेपछि आफूहरुको सुझाव समावेश भएको थाहा भएको बताए । उनले सीएनआई, चेम्बर लगायत निजी क्षेत्रको सुझावहरु बजेटमा समावेश भएको भन्दै खुसी व्यक्त गरे ।
आर्थिक विधेयकको नम्बर आएपछि सबै क्षेत्रको राय बुझेर महासंघले बजेटबारे धारणा राखेको उनले बताए । पहिला बजेटको स्वागत गर्ने पछि आर्थिक विधेयक हेरेपछि पछुताउनु पर्ने हुने गरेको भन्दै यसपटक त्यसमा सुधार गरेको उनले बताए ।
केही भ्याट लगायतका अनावश्यक बिषय समावेश भएको उनले बताए । सरकारले निजी क्षेत्रको मनोबल नबढाउने हो भने लगानी नबढ्ने उनले बताए । निजी क्षेत्रको मनोबल बढाउने गरि काम गर्न सरकारले ढकालले सुझाव दिए ।