नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीद्वारा पहिलो संस्करणको न्युजलेटर अनावरण



काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीले ‘जुन ५’ तारिखलाई द्विपक्षीय व्यापार बैठक – एनआईसीसीआई दिवस २०२३ को घोषणा गरिएको छ ।

यस अवसरमा पहिलो संस्करणको न्यूजलेटर अनावरण गरिएको थियो । यो कार्यक्रमले नेपाल र इटालीबीचको व्यावसायिक सम्बन्धलाई पर्यटन, उद्योग, आयात, निर्यात बढाउन एनआईसीसीआईको प्रतिबद्धतालाई जनाउँछ ।

इटालीका राजदूत भिन्सेन्जो डे लुकाले प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतीक तथा दिगो साझेदारीका लागि सहकार्यमा जोड दिए ।
एनआईसीसीआईका अध्यक्ष सञ्जय अग्रवालका अनुसार “एन.आई.सी.सी.आई. दिवस २०२३” ले चेम्बरको स्थापनादेखि हालसम्म गरेको उल्लेखनीय यात्रालाई चिन्तन गर्ने अवसर प्रदान गरेको छ । यो कार्यक्रम उत्सव र आत्म निरीक्षणको प्रतिक थियो र सहभागीहरूले उपलब्धि र उज्ज्वल भविष्यको लागि कामना गरे ।

यस कार्यक्रमले द्विपक्षीय व्यापारप्रतिको प्रतिबद्धतालाई सुदृढ पार्ने, नवप्रवर्तनलाई बढावा दिने, दिगो विकास तथा समृद्धिलाई अगाडि बढाउने र बलियो साझेदारीलाई बढावा दिने महत्वमा जोड दिएको छ ।

बैठकमा इटालीका लागि नेपालका महावाणिज्यदूत प्रतिमा राणा पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै एनआईसीसीआईका अध्यक्ष संजय अग्रवाललाई बधाई ज्ञापनका साथै पहिलो सस्करणको न्यूजलेटरको लागि बधाई तथा शुभकामना व्यक्त गरिन् ।

नेपाल इटाली चेम्बर अफ कमर्शका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठले विगतमा सफलतापुर्वक सम्पन्न भएका कार्यक्रमहरु साथै भविष्यका भावी योजनाहरुलाई इंगित गर्दै स्वागत मन्तव्य गरेका थिए ।


क्लिकमान्डु