एमाले, रास्वपा र राप्रपालगायत प्रतिपक्ष दलले गरे संसद अवरोध



नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक अवरूद्ध गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ ती दलका सांसदहरूले उठेर विरोध जनाएका थिए ।

एमाले प्रमु्ख सचेतक पदम गिरीले कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।

‘सरकारको बजेट वक्तव्यमा छलफल गर्ने मान्यतामा थियौँ, तर सरकारले संविधान मिचेर अघि बढेपछि बाध्य भएर प्रसंग उठाउनु परेको छ। नेपालमा जन्मिएका नागरिकले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। शैक्षिक प्रमाणपत्र पाउन सकिराखेका छैनन्। संसदीय प्रक्रियामा रहेर नागरिकता विधेयक संसद्मा दर्ता होस्। रातदिन छलफल गरौँला। तर, त्यस्तो हुन सकेन,’ एमाले प्रमुख सचेतक पदम गिरीले भने, ‘कीर्ते गरेर नागरिकता विधेयक प्रमाणीकरण भएको छ। यसरी जान खोजिएको छ’ उनले भने ।

त्यस्तै उनले फूलबारी बन्दरगाहको पहुँचका लागि लिपुलेक–लिम्पियाधुराको भूभाग दिन सकिनेजस्तो कुरा आएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने एमालेको भनाइ छ ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि संसदीय प्रक्रिया मिचेर नागरिकता विधेयक प्रमाणीकरण गरिएको बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति संस्था साझा बन्न नसकेको र सरकारको छाया बनेको आरोप लगाए ।


क्लिकमान्डु