राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक निष्क्रिय नबनासम्म प्रतिनिधि सभा बैठक चल्न नदिने एमालेको चेतावनी



काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आइताबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिए ।


क्लिकमान्डु