पत्नीको स्वास्थ्य लाभको कामना गर्दै भारतको महाकाल मन्दिरमा प्रधानमन्त्री प्रचण्डको विशेष पूजा



काठमाडौं । चार दिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थितप्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा विशेष पूजाअर्चना गरेका छन् ।

शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् । उनले महाकाल बाबाको गर्भगृहमा विशेष पूजाअर्चना गरेका हुन् ।

विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल लगायतको उपस्थिति रहेको थियो ।

त्यसक्रममा प्रधानमन्त्रीले भारत भ्रमणका जानेक्रममा नेपालबाटै लगेको १०८ रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।

पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उनले मन्दिरमा विशेष पूजाअर्चना गरेको जनाइएको छ ।

हिन्दू धर्मशास्त्र शिव पुराणका अनुसार भारत र नेपालमा ६४ मूल ज्योतिर्लिङ्ग रहेको छ । त्यसमध्ये १२ लाई महत्वपूर्ण मानिएको उल्लेख छ । ति १२ ज्योतिर्लिङ्ग भारतमा रहेको उल्लेख छ ।


क्लिकमान्डु