व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर



काठमाडौं । नेपाल-भारतबीच व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको छ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बिहीबार विभिन्न आयोजना गर्ने सहमति भएको हो ।

सोही अवसरमा व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको छ । सन्धिमा नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका उद्योगमन्त्री पियुस गोयलले हस्ताक्षर गरेका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिममा समाप्त भएपछि पारवहन सन्धि नवीकरण हुन सकेको थिएन । सन्धि नवीकरण गर्ने विषयमा विभिन्न चरणमा छलफल भई सहमति भइसकेको थियो । तर, हस्ताक्षर भने हुन सकेको थिएन । सन् २०१९ मा समाप्त भएको करिब ४ वर्षपछि व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको छ ।


क्लिकमान्डु