यी ३४० वस्तुको अन्त:शुल्क खारेज



काठमाडौं । सरकारले विभिन्न वस्तुको आयात लगाउँदै आएको अन्त:शुल्क हटाउने नीति लिएको छ । हाल ३४० वटा वस्तुमा लाग्दै आएको अन्त:शुल्क सरकारले खारेज गरेको हो । सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक मार्फत ३४० वस्तुमा अन्त:शुल्क नलाग्ने निर्णय गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गर्ने बताए । अर्थमन्त्री महतले उक्त क्षेत्रमा पुनरावलोकन गरी कराधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि कर लगाउँदै अन्त:शुल्क हटाउने निर्णय गरेका हुन् । अन्त: शुल्क हटाएका ३४० वस्तुमा भ्याट लगाउने निर्णय गरिएको छ । उपभोग निरुत्साहितका लागि लगाइने अन्त शुल्क पछिल्लो समय १ हजारभन्दा बढी वस्तुमा लाग्ने गर्छ । सरकारले क्रमश अन्तशुल्क हटाउँदै भ्याट लगाउने नीति लिने जनाएको छ ।

यी हुन् अन्तशुल्क नलाग्ने वस्तु

१. सरकारले जीवीत जीवजन्तु आयातमा दिँदै आएको ५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ । आर्थिक विद्येयकअनुसार सरकारले ६६ वटा एसएसकोडमा आयात गर्दै आएको चौपाया  ताजा वा चिसो पारेको मासु, सँगुरको मासु, ताजा, चिसो पारेको वा हिमीकृत, भेडा वा खसी बोकाको  ताजा, चिसो पारेको वा हिमीकृत मासु आयातको अन्तशुल्क खारेज गरेको छ । 
साथै, सरकारले कुखुराको ताजा, चिसो पारेको वा हिमीकृत मासु र खान हुने अफल लगायत अन्य मासुजन्य वस्तुको आयातमा दिँदै आएको ५ प्रतिशत  अन्तशुल्क खारेज गरेको छ । 

२. सरकारले जीवित माछामा दिँदै आएको १० प्रतिशत अन्तशुल्क खारेज गरेको छ । उक्त उपशीर्षक अन्तर्गतका  ८ वटा वस्तुको आयातमा अन्तशुल्क खारेज गरेको हो । सरकारले माछाको फिलेट र अरु प्रकारको मासुबाहेकको ताजा वा चिसो पारेको माछा, मसिनो पा िटुक्राएको र नटुक्राएको माछा, सुकाएको, नुनिलो पारेको वा नून पानीमा हालेको माछालगायत सम्पूर्ण सामुन्द्रिक माछामासु अन्तशुल्क खारेज गरेको छ । उक्त खारेज गरेको उपशीर्षकको संख्या २२५ वटा छन् । 

३. सरकारले कोलानट,  सिम्टा खबटासहित र सिम्टा खबटा फुटाएको जस्ता वस्तुमा १५ प्रतिशत दिँदै आएको अन्तशुल्क खारेज गरेको छ । सरकारले उक्त ३ प्रकारका वस्तुको अयातमा अन्तशुल्क खारेज गरेको हो । 

४. सरकारले अर्गेलिको बोक्रामा दिँदै लिँदै आएको १० प्रतिशत अन्तशुल्क खारेज गरेको छ । 

५. समरुपी परिवार, कुनै जनावरको कलेजो, अगाडिको फिला र त्यसको टुक्रा, चौपाया जीवजन्तु र अन्य कुनै जनावरको रगतको परिकारसमेतहरुको १५ प्रतिशत अन्तशुल्क आरेज गरेको छ । 

६. शार्कको पखेटाहरु र क्याभिएरको १५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ ।

७. तयारी वा सुरक्षित क्रुष्टासियन्स, मोलस्क र अन्य ढाडको हाड नभएको जलचराहरुको वस्तुको ८ वटा उपशीर्षकमा १५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ । 

८. कोणधारी (कोनिफेरस), गैह्र कोणधारी, देवदार जातिबाहेकका वस्तुको ५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ ।

९. कोक्रा वा काठको बाहिरी नरम भाग ताछेको वा नताछेको पा मोटामोटी ढङ्गले चारपाटे पारेको अपरिमार्जित वस्तुको उपशीर्षकमा पर्ने १० वटा वस्तुको ५ अन्तशुल्क पनि खारेज गरेको छ । 

१०. रेल वा ट्रामको काठका पटरीहरु (स्लिपर)का  वस्तुको ५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ । 

११. लम्बाइमा चिरेको वा काटेको रण्डा लगाएको वा नलगाएको, अपधर्षक लगाई चिल्याएको वा नचिल्याएको वा छेउमा जोड गरिएको  वा नगरिएको ६ एम एम भन्दा बढी मोटाइको काठको वस्तुको ११ वटा उपर्शीषकको ५ प्रतिशत अन्तशुल्क खारेज गरेको छ । 

१२. साथै, सरकारले बाँसको ५ प्रतिशत अन्तशुल्क पनि खारेज गरेको छ । 


क्लिकमान्डु