यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेका २० संस्थान (सूचीसहित)

553
Shares

काठमाडौं । सरकारले २० वटा संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै २० वटा संस्थान खारेज गरिने तथा गाभिने घोषणा गरेका हुन् ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै २० वटा संस्थान खारेज गर्ने बताए । यी हुन खारेज हुने संस्थानहरुः

१. कपास विकास समित
२. राष्ट्रिय दुग्ध विकास बोर्ड
३. फिलाटेलिक तथा टिकट व्यवस्थापन कार्यालय
४. केन्द्रिय धनादेश कार्यालय
५. अतिरिक्त हुलाक कार्यालय
६. बुढागण्डकी जलविद्युत आयोजना, वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पनस्र्थापना इकाइ
७. महिला तथा बालबालिका विभाग
८. नेपाल विश्वविद्यालय पूर्वाधार तयारी विकास समिति
९. विभिन्न मेडिकल कलेज पूर्वाधार विकास समिति
१०. जिल्ला निर्वाचन कार्यालयहरु
११. तथ्याङ्क कार्यालयहरु
१२. विभिन्न ताल संरक्षण विकास समिति
१३. भुमिगत जलस्रोत विकास समिति
१४. जलस्रोत अनुसन्धान तथा विकास केन्द्र
१५. रेल्वे बोर्ड
१६. किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समिति
१७. राष्ट्रिय सूचना प्रविधि केन्द्र
१८. रेडियो नेपाल र नेपाल टेलिभिजन (दुबै निकाय गाभी एकिकृत सार्वजनिक प्रशारण संस्था गठन गरिने)
१९. नेपाल इन्टरमोडल यातायात विकास समिति
२०. पर्वतीय प्रशिक्षण विकास समिति

Skip This