मर्जर र एफपीओबाट भएको आम्दानीमा कर लाग्ने, मंसिरसम्म तिरे शुल्क र ब्याज मिनाहा



काठमाडौं । सरकारले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिमा जाँदा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) बाट भएको आम्दानीमा कर लगाउने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् ।

सरकारले लामो समयदेखि करमा छुट तथा सहुलियत दिने भन्दै संस्थाहरुलाई मर्जर तथा प्राप्तिमा जान प्रोत्साहन गरेको थियो । सरकारले दिने भनेको सहुलियत पाउने आशामा मर्जर तथा प्राप्तिमा गएका संस्थाहरुलाई अहिले आएर कर लगाएको हो । कर छुट पाउने आशामा बैंकिंग क्षेत्रमा सयौं संस्थाहरु मर्जर तथा प्राप्तिमा गइसकेका छन् ।

त्यस्तै, फर्दर पब्लिक अफरिंग (एफपीओ)बाट हुने आम्दानीमा पनि कर लगाउने घोषणा गरेको छ ।

मर्जरमा जाँदा स्वाप रेसियोबाट प्राप्त आम्दानी र एफपीकोबाट भएको आम्दानीमा कर लगाउने विषय विवादित थियो । कम्पनीहरु कर छुट हुने आशामा थिए भने कर कार्यालयले असूली गर्ने बताउँदै आएकोा थियो । बजेटले यस्तो आम्दानीमा कर लगाउने व्यवस्था गरेको हो।
‘मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्थाः निकायहरु आपसमा गाभिदा वा राप्ति ९मर्जर वा एक्विजिसन० मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।’ आर्थिक विधेयकमा भनिएको छ, ‘फर्दर पब्लिक अफरिङ ९एफपिओ० जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्थाः कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ)बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८÷७९ सम्म हिताधिकारीलाई बोनस शेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा ९३० बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ।’


क्लिकमान्डु