
काठमाडौं । सरकारले वार्षिक ५० लाख रुपैयाँभन्दा माथि आम्दानी गर्ने व्यक्ति र प्रोप्राइटरसीप फर्मलाई लाग्ने आयकरको सीमा बढाएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अब यस्तो आम्दानी हुने व्यक्ति तथा प्रोप्राइटरसीप फर्मले ३९ प्रतिशत आयकर असूल गर्ने बताए ।
यसअघि वार्षिक २० लाख रुपैयाँभन्दा माथिको आम्दानी हुने प्राकृतिक व्यक्तिलाई ३६ प्रतिशत आयकरको सीमा रहेको थियो । २० लाख रुपैयाँभन्दा तलको सीमा भने चलाइएको छैन ।
प्रतिक्रिया