
काठमाडौं । सरकारले विद्यालयमा दिईने दिवा खाजामा जंक फुड दिन नमिल्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै विद्यालयमा स्थानीय स्तरमा उत्पादित पोषणयुक्त खाना दिनु पर्ने बताए ।
यस्तै, सरकारले सार्वजनिक विद्यालयका प्रधानाध्यापकलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रवर्धन गरिने मन्त्री महतले बताए ।
सार्वजनिक विद्यालयका शिक्षकको स्थानीय तहसँग कार्यसम्पादन मुल्यांकन गरिने र सबै समुहका विद्यार्थीले शिक्षक अनुमति पत्र लिन मिल्ने गरी कानूनी व्यवस्था गरिने मन्त्री महतले बताए ।
प्रतिक्रिया