‘अबको जीवन स्वदेशमा नै’ नारासहित सरकारको कार्यक्रम



काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकालाई देशमै रोजगारीमा आवद्ध गर्ने गरि ‘अबको जीवन स्वदेशमा नै’ भन्ने नारासहित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो कार्यक्रम सञ्चालनमा ल्याइने बताएका हुन् ।

उनले भने, ‘अबको जीवनमा स्वदेशमा नै भन्ने नाराका साथ वैदेशीक राजगारबाट फर्किएका नागरिकलाई उद्यमशिलता विकास गर्ने र रोजगारीमा आवद्ध गर्ने गरि कार्यक्रम सचालन गरिनेछ ।’

त्यस्तै, गरिबको रेखामुनि रहेका र वैदेशिक रोजगारबाट फर्किएकालाइ लघु उद्यमीका रुपमा विकास गर्न स्थानीय तहमार्फत सिप विकास तालिम र व्यवसायिक परामर्श सेवा सञ्चालन गरिने पनि बजेटमा व्यवस्था गरिएको महतले बताए ।


क्लिकमान्डु